बंगलादेशविरुद्धको टेस्ट सिरीजको लागि १८ सदस्यीय श्रीलंकन टोलीको घोषणा
काठमाडौं । श्रीलंका क्रिकेटले बंगलादेशविरुद्धको दुई टेष्ट सिरिजका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको छ । ओपनर दिमुथ करुणारत्नेलाई पुनः टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । तर केही महत्वपूर्ण खेलाडीले टोलीमा स्थान बनाउन सकेका छैनन् । ब्याट्सम्यान रोशन सिल्भा बंगलादेश भ्रमणबाट बाहिरिएका छन् । दुई टेष्टको शृङ्खलाको पहिलो खेल मे १५ देखि चटगाउँमा र दोस्रो खेल मे २३ बाट ढाकामा हुनेछ ।
विश्व टेस्ट च्याम्पियनसिपको हिसाबले यो भ्रमण श्रीलंकाका लागि निकै महत्वपूर्ण रहेको छ । च्याम्पियनसिपको अंक तालिकामा टोली अहिले ५ औं स्थानमा छ । २०२१(२३ को चरणमा श्रीलंकाले मात्र दुई खेल जितेको छ भने अन्य दुईमा बराबरीमा गरेको छ । बंगलादेशले यस अवधिमा एकमात्र खेल जितेको छ र तालिकामा आठौं स्थानमा रहेको छ ।
श्रीलंका क्रिकेट बोर्डले आफ्ना युवा खेलाडीमाथी विश्वास गर्दै यो भ्रमणका लागि तीन अनक्याप्ड खेलाडीलाई टोलीमा समावेश गरेको छ । कामिल मिश्रा, दिलशान मदुशंका र सुमिन्डा लक्षले टोलीमा स्थान बनाएका छन ।
बंगलादेश भ्रमणमा श्रीलंकाका धेरै सिनियर खेलाडीहरुलाई बाहिर राखिएको छ । लाहिरु थिरिमाने, चरित अस्लान्का, लाहिरु कुमारा, दुस्मान्था चमेरा र जेफ्री भान्डरसे टोलीबाट बाहिरिएका छन् ।
श्रीलंकाको १८ सदस्यीय टोली : दिमुथ करुणारत्ने (कप्तान), कामिल मिश्रा, ओशादा फर्नान्डो, एन्जेलो म्याथ्युज, कुसल मेन्डिस, धनन्जय डि सिल्भा, कामिन्दु मेन्डिस, निरोशन डिकवेला, दिनेश चंडीमल, रमेश मेन्डिस, चमिका करुणारत्ने, सुमिंदा लक्ष, कासुन मादिया फर्नान्डो, विष्णु रजिता फर्नान्डो, रमेश मेन्डिस, प्रवीण जयविक्रम र लसिथ एम्बुल्डेनिया।

टिप्पणी लेख्नुहोस्