बंगलादेशविरुद्धको दोस्रो टेष्टअघि भारतीय कप्तान घाइते
काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो टेष्ट खेलअघि भारतीय टोलीलाई ठूलो झट्का लागेको छ । टोलीका कप्तान केएल राहुल नेट अभ्यासका क्रममा घाइते भएका छन । योसँगै उनी ढाका टेस्टबाट बाहिरिने सम्भावना बढेको छ । राहुल बाहिरिएको खण्डमा भारतीय टोली कमान चेतेश्वर पुजाराले सम्हालेछन । साथै टोलीका लागि अभिमन्यु ईश्वरनले शुभमन गिलसँग ओपनिङ गर्ने मौका पाउन सक्छन्।
यसअघि टोलीका नियमित कप्तान रोहित शर्मा एकदिवसीय शृंखलाको क्रममा औंलाको चोट बोकेपछि टेष्ट खेलबाट बाहिरिएका थिए । उनको स्थानमा केएल राहुलले पहिलो टेस्टमा कप्तानी गरेका थिए ।
भारतीय टोलीका ब्याटिङ कोच विक्रम राठोड राहुल अझै पनि खेल्नेमा आशावादी छन् । उनले राहुलको चोट धेरै गम्भीर नभएको र दोस्रो टेस्ट खेल्न सक्ने बताएका छन । तर, त्यसका लागि खेलहुने दिनको बिहानसम्म कुर्नुपर्नेछ । त्यसपछि राहुलको चोटको मूल्याङ्कन हुनेछ र अनी मात्र निर्णय हुनेछ।
नेट अभ्यासका क्रममा थ्रो डाउन खेल्ने क्रममा राहुललाई चोट लागेको हो । संयोगवश उक्त थ्रो डाउन ब्याटिङ कोच विक्रम राठौर आफैंले गरेका थिए ।

टिप्पणी लेख्नुहोस्