बंगलादेशी युवा ब्याट्सम्यानले १४६ रन बनाउदै रचे इतिहास
काठमाडौंँ । बंगलादेश र अफगानिस्तानबीचको एकमात्र टेष्ट खेल मिरपुरमा जारी छ् । टोलीका युवा ब्याट्सम्यान नजमुल हुसेन शान्तोले जारी खेलमा १४६ रन बनाएर इतिहास रचेका छन् । उनले अफगानिस्तानविरुद्धको टेस्टमा सबैभन्दा कम उमेरमा १०० रन बनाउने कीर्तिमान बनाएका छन्। शान्तोले २४ वर्षको उमेरमा शतक बनाएर नयाँ विश्व कीर्तिमान बनाएका छन् । उनले १७५ बलमा २३ चौका र २ छक्का प्रहार गर्दै १४६ रनको इनिङ खेले । शान्तोले टेस्ट क्रिकेटमा आफ्नो तेस्रो शतक पूरा गरे। उनी आउट भएपछि मोमुनल हक १५ रन बनाएर आउट भए । कप्तान लिटन दासले पनि खासै केही गर्न सकेनन् र ९ रन बनाएर प्याभिलियन फर्किए ।
शान्तोअघि अफगानिस्तानविरुद्ध ३० वर्षभन्दा माथिका पाँच ब्याट्सम्यानले शतक प्रहार गरेका छन् । पहिलो इनिङ्समा नजमुल हुसेनले १४६ रन बनाएका थिए । यस क्रममा उनले आफ्नो ब्याटबाट दुई छक्का र २३ चौका प्रहार गरे।
पहिलो इनिङ्समा पहिलो विकेट चाँडै खसेपछि बंगलादेशका लागि नजमुल हुसेन शान्तो र महमुदुल हसन जोयले दोस्रो विकेटका लागि २१२ रनको कीर्तिमानी साझेदारी गरेका थिए । श्रीलंकाविरुद्धको टेस्टमा इम्रुल कायेस र शमसुर रहमानले मिलेर २३२ रनको साझेदारी गर्दै बंगलादेशले टेस्टमा दोस्रो विकेटको सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाएका थिए।
शेर–ए–बंगला रंगशालामा जारी खेलमा नजमुल हुसेन शान्तो र महमुदुल हसन जोयको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले पहिलो इनिङ्समा आफ्नो स्थिति सुधारेको थियो । टोलीले आफ्नो पहिलो इनिङ्समा ३ सय ८२ रन बनाएको थियो । अर्कोतर्फ अफगानिस्तानका निजात मसूदले पहिलो इनिङ्समा ५ विकेट लिएका थिए ।

टिप्पणी लेख्नुहोस्