बंगलादेश महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा तिलकरत्न नियुक्त
काठमाडौं । श्रीलंकाका पूर्व कप्तान हसन तिलकरत्न बंगलादेश महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनी नोभेम्बर महिना देखी टोलीमा आबद्ध हुनेछन । अर्को वर्ष फेब्रुअरीमा हुने टी–२० विश्वकप उनको प्रमुख लक्ष्य हुनेछ ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) की महिला अध्यक्ष शफिउल आलम चौधरीले भनीन, ूहामी लामो समयदेखि राम्रो प्रशिक्षकको खोजीमा थियौं। हसन तिलकरत्न यसका लागि सही दावेदार हुन। उनको कार्यकाल दुई वर्षको हुनेछ र उनी नोभेम्बरको पहिलो हप्तादेखी टोलीमा आवद्ध हुनेछन ।
यसअघि तिलकरत्न श्रीलंका महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक थिए । उनले गत वर्ष जुलाईमा उक्त जिम्मेवारी सम्हालेका थिए । यस वर्ष बंगलादेशमा भएको एसिया कपमा आफ्नो उनले श्रीलंका महिला टोलीलाई फाइनलमा पुर्याएका थिए।
तिलकरत्नले सन् १९८६ देखि २००४ सम्म श्रीलंकाका लागि ८३ टेस्ट र २०० ओडीआई खेलेका छन। यस अवधिमा उनले ११ टेस्ट खेलमा श्रीलंकाको कप्तानी पनि गरेका थिए। उनले टेष्ट क्रिकेटमा ४२.८७ को औसतमा ४ हजार ५ सय ४५ र एकदिवसीयमा २९.६० को औसतमा ३ हजार ७ सय ८९ रन बनाएका छन्। सन्यास पछि तिलकरत्न श्रीलंकाली पुरुष टोलीको चयनकर्ता पनि बनेका थिए। यसबाहेक उनीसँग सिनियर, अन्डर-१९ र महिला टोलीलाई प्रशिक्षण दिएको अनुभव पनि छ ।

टिप्पणी लेख्नुहोस्