लेख विवरण

बक्सिङको प्रारम्भिक छनौट सम्पन्न

बक्सिङको प्रारम्भिक छनौट सम्पन्न

काठमाडौं । बुधवार सम्पन्न भएको महिला ५० केजी तौल समुहको फाइनल खेलमा बागमती प्रदेशकी अस्मिता दुवालले ४ः३ अंकको आधारमा लुम्बिनी प्रदेशकी माया केसीलाई पराजित गर्दै छनौट हुन सफल भईन ।

यसैगरी महिला तर्फ ५४ केजी तौल समुहमा सशस्त्र प्रहरीकि सन्जुमाया थिङलाई ५ः० अंकको आधारमा नेपाल आर्मीकी मिनु गरुङले जित हासिल गर्दै छनौट हुन सफल भएकी छिन् ।

महिला तर्फ ५७ केजी तौल समुहमा सशस्त्र प्रहरीकि निता गोसाईलाई ५ः० अंकको आधारमा नेपाल आर्मीकि चन्द्रकला थापाले जित हासिल गर्दै छनौट हुन सफल भएकी छिन् ।

त्यसैगरी ६० केजी तौल समुहमा सशस्त्र प्रहरीकी शर्मिला तामाङलाई आरएसि–आईको आधारमा नेपाल आर्मीकि वर्षा श्रेष्ठले जित हासिल गर्दै छनौट हुन सफल भएकी छिन् ।

६६ केजी तौल समुहमा सशस्त्र प्रहरीकी माया चौधरीलाई ५ः० अंकको आधारमा नेपाल आर्मीकी निरु गुरुङले जित हासिल गर्दै छनौट भईन् ।

त्यसैगरी महिला ७५ केजी तौल समुहमा नेपाल आर्मीकि संगिता दङ्गाललाई ४ः३ अंकको आधारमा सशस्त्र प्रहरीकि मनिता राईले जित हासिल गर्दै छनौट भईन् ।

पुरुष तर्फ ५१ केजी तौल समुहमा नेपाल प्रहरीका चन्द्र बहादुर थापालाई ४ः३ अंकको आधारमा नेपाल आर्मीका सुशील थापाले जित हासिल गर्दै छनौट भए । भने ५७ केजी तौल समुहमा नेपाल आर्मीका पुरन सुनुवारलाई ५ः० अंकको आधारमा बागमती प्रदेशका बुद्ध ग्याम्जो लामाले जित हासिल गर्दै छनौट भए ।

त्यसैगरी पुरुष ६३.५ केजी तौल समुहमा बागमती प्रदेश मकवानपुरका खेलाडी सोहन राईलाई ४ः१ अंकको आधारमा बागमती प्रदेशका खेलाडी मौसम रानामगरले जित हासिल गर्दै छनौन भए । भने ७१ केजी तौल समुहमा लुम्बिनीका विकास रानामगरलाई आरएससीको आधारमा नेपाल आर्मीका खेलाडी दिपेश लामाले जित हासिल गर्दै छनौट भए ।

पुरुष ८० केजी तौल समुहमा सशस्त्र प्रहरीका खेलाडी सशस्त्र प्रहरीका खेलाडी सुमन कार्कीलाई के ओ का आधारमा नेपाल आर्मीका खेलाडी दिपक श्रेष्ठ छनौट भए । भने ९२ केजी तौल समुहमा नेपाल आर्मीका खेलाडी महेन्द्र केसी लाई ५ः० अंकको आधारमा गण्डकी प्रदेशका खेलाडी दिपक सुनारले जित हाुिल गर्दै छनौट भए भने ९२ं केजी तौल समुहमा नेपाल आर्मीका खेलाडी आशिष दुवाडी छनौट भए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.