बक्सिङ टिमलाई राखेप सदस्य सचिवद्वारा स्वागत
काठमाडौं । एसियन बक्सिङ्ग कन्फेडरेसनको आयोजनामा थाईल्याण्डको राजधानी बैंककमा यहि जनवरी १६ देखि २७ तारिखसम्म भएको एएसबीसी अन्डर २२ मेन एन्ड उमन बक्सिङ च्याम्पियनसिप २०२३ मा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङ र कांस्य पदक जित्न सफल अन्य खेलाडीहरु लगायत नेपाली बक्सिङ टोलिलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतको टोलीले हिजो भव्य स्वागत गरिएको छ ।
मिनिमम ४८ किलो तौल समुहका सुष्माले एशियनस्तरमा बलियो मानिएका भियतनाम र मंगोलियाका खेलाडीलाई ५ः० र आर एस सी को आधारमा पराजित गर्दैे फाईनल खेलमा उज्वेकिस्तानका आईवा युथ विश्व च्याम्पियनसंग अंकको आधारमा पराजित भएका थिए । उनले पहिलो राउण्डमा निकै राम्रो प्रर्दशन गर्दै ४ः१ को स्प्लिट डिसिजनमा पछाडि परेकी थिईन भने देस्रो र तेस्रो राउण्डमा उज्वेकिस्तानका खेलाडीको खेल रणनीति परिवर्तन पछि उनको निरन्तर आक्रमण र अंक बटुल्ने प्रयास असफल रहेको थियो र नतिजा उज्वेकिस्तानका खेलाडीको पक्षमा गएको थियो ।
पदक विजेता अन्य खेलाडीहरुमा महिला तर्फको फेदर वैट ५४ देखि ५७ किलो तौल समुहमा हेमा राईले कास्य, महिला लाईट हेभीवेटमा ७५ देखि ८१ किलो तौल समुहमा त्रिसा जवेगुले कास्य र पुरुष तर्फ क्रुजर वैट ८० देखि ८६ किलो तौल समुहमा विजय बाटाले काश्य पदक प्राप्त गरेका छन् । २० वटा देशको सहभागिता रहेको उक्त एएसबीसी एसियनस्तरको अन्डर २२ बक्सिङ्ग प्रतियोगितामा नेपालले एक रजत पदक र तीन कास्य गरी चार पदक जित्दै वरीयताक्रममा सातौं स्थान ओगट्न सफल रहेको छ ।
सोहि प्रतियोगिताका समयमा अन्तराष्ट्रिय बक्सिङ्ग संघ आईवाबाट सञ्चालन भएको परिक्षामा नेपाल बक्सिङ्ग र्संघका केन्द्रीय सदस्य पुष्कर राज पन्त र आईवा २ स्टार रेफ्री जज कोर्ष परीक्षाको लागि नेपालका आईवा १ स्टार अन्रर्राष्ट्रिय रेफ्री जज राम चन्द्र थापामगर र धनकुमार मैनालीले समेत सहभागिता जनाएका थिए ।
उक्त खेलमा ऐतिहासिक रजत पदक जित्न सफल नेपालका उदीयमान खेलाडी सुष्मालगायत सम्भावना भएका उत्कृष्ट खेलाडीहरुलाई तत्काल वैदेसिक प्रशिक्षण र बढी भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराएमा आगामी १९ औ एशियन गेम्समा पनि ऐतिहासिक सफलता प्राप्त गर्न सकिने कुरा उक्त टिमका प्रशिक्षक आईवा ३ स्टार प्रशिक्षक एवम् १६ औं एशियन गेम्सका काश्य पदक विजेता दिपक महर्जनले जानकारी गराए ।
नेपाली टिमलाई राखेपका सदस्य सचिव टंकलाल घिसिंगले विदाई गरेका थिए र उनले वाचा गरे बमाजिम विमानस्थलमा ऐतिहासिक विजयका साथमा स्वागत गर्ने वाचा पुरा गर्दे सदस्य सचिवले उनी लगायत विजेता खेलाडीहरुलाई नगद पुरुष्कारद्वारा सम्मान गर्ने घोषणा गरे । सोही अवसरमा राम्रो प्रदर्शन गर्दा गर्दै पनि पदक जित्न नसकेका दुई मुक्केबाज लालप्रसाद उप्रेती र ईन्द्र सुनारलाई पनि जनही रु. २५,००० को दरले सम्मान गर्ने घोषणा निवर्तमान प्रमुख प्रशिक्षक प्रकाश थापामगरले गरेका थिए । उक्त विदाई कार्यक्रममा नेपाल बक्सिंग संघका अध्यक्ष श्री राम अवाले, महासचिव सविन भट्टाचार्य, केन्द्रीय सदस्यहरु रामबहादुर गिरी, मानबहादुर भण्डारी, स्यामकाजी अवाले, ओम नारायण श्रेष्ठ, लगायत प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिति रहेको थियो । उक्त प्रतियोगितालाई नेपाल एयरलाईन्स, इन्फिनिटि स्पोर्टस वेयर, फुड हबले सह प्रायोजन गरेका थिए ।

टिप्पणी लेख्नुहोस्