लेख विवरण

बक्सिङ टोली उज्वेकिस्तान जाँदै

बक्सिङ टोली उज्वेकिस्तान जाँदै

काठमाडौंँ । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) को आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली शनिबार उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दै छ ।

अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स्वर्णधारी भूपेन्द्र थापाले ६३.५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । चौथो वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । प्रवक्ता अवालेका अनुसार प्रतियोगितामा १ सय ४ भन्दा बढी राष्ट्रका करिब ६ सय खेलाडीको सहभागिता रहने छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव घनश्याम पौडेल र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

विदाइपछि सदस्य–सचिव घिसिङले आइबाअन्तर्गत मेम्बर फेडरेसन कमिटीको सदस्यमा मनोनित भएकोमा प्रवक्ता अवालेलाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै बधाइ दिएका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.