लेख विवरण

बङ्गबन्धु म्याराथनमा नेपालकी पुष्पालाई कांस्य

बङ्गबन्धु म्याराथनमा नेपालकी पुष्पालाई कांस्य

काठमाडौँ । नेपालकी धाविका पुष्पा भण्डारीले बङ्गबन्धु शेख मुजिव ढाका म्याराथनमा कांस्य पदक जितेकी छिन । बङ्गलादेशको ढाकामा सोमबार भएको प्रतियोगितामा महिलातर्फ पुष्पाले निर्धारित दूरी दुई घण्टा ५७ मिनेट ३५ सेकेन्डमा पूरा गरिन ।

भारतीय खेलाडी हावी भएको प्रतियोगितामा यसपटक पुष्पा कांस्यमा सीमित बनेकी हुन । गत संस्करणमा पुष्पाले स्वर्ण जितेकी थिईन । महिलातर्फ भारतकी आरती पटेलले दुई घण्टा ५३ मिनेट २८ सेकेन्डको समय निकाल्दै स्वर्ण र भारतकै ज्योति गावटीले दुई घण्टा ५४ मिनेट १४ सेकेन्डको समय निकाल्दै रजत जितिन ।

पुरुषतर्फ नेपालका किरण बोगटी पाँचौँ भए । १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता बोगटीले निर्धारित दूरी दुई घण्टा २३ मिनेट ४३ सेकेन्डमा पूरा गरेका थिए । पुरुषतर्फ भारतका बुगाथा स्रिनुले स्वर्ण र भारतकै अर्जुन प्रधानले रजत जिते ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.