बढ्दो उमेरसँगै क्रिकेटमा डेब्यु गरेर छाप छोड्ने खेलाडीहरु
काठमाडौंँ । खेलकुदमा उमेर भनेको संख्या मात्र होइन, यो कुरा खेलाडीहरू भन्दा राम्रो अरु कसैलाई थाहा हुँदैन। खेलकुद यस्तो क्षेत्र हो जुन खेलाडीले युवा अवस्थामा सुरु गर्छन र केहि दशक पछि सन्यास लिन्छन । यस बीचमा उनीहरुले केहि राम्रा प्रदर्शन पनि गर्छन जसकारण प्रशंसकहरूले लामो समयसम्म सम्झी रहेका हुन्छन । तर कतिपय खेलाडीहरुले आफ्नो खेल जिवन समयमै (चाँडो) सुरु गर्ने मौका पाउँदैनन्।
संसारमा केही यस्ता खेलाडीहरु पनि छन् जसले आफ्नो युवाअवस्था घरेलु क्रिकेट खेलेर बिताए तर अन्तराष्ट्रिय क्रिकेटमा उनीहरुको यात्रा ढिलो सुरु भयो । ढिलै सुरु भएपनि उमेरका कारण खेलमा उत्कृष्ट प्रदर्शन गर्न उनीहरूलाई खासै समस्या भएन ।
आज हामी तपाईलाई यस्ता ३ खेलाडीको बारेमा बताउन गइरहेका छौँ जसले आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियर ढिलो सुरु गरे तापनि इतिहास रच्दै आफ्नो छाप छोडन सफल भए । जसलाई प्रशंसकहरूले सधैं सम्झिरहेका छन ।
सईद अजमल : पाकिस्तानका प्रिमियर अफ स्पिनर सईद अजमलले अन्तराष्ट्रिय क्रिकेट ढिलो सुरु गरे । उनले ३२ वर्षको उमेरमा पहिलो पटक टेस्ट क्रिकेट खेलेका थिए । तर अजमलले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै गएपछि आधुनिक युगका उत्कृष्ट स्पिनरहरूमध्ये एक बन्न सफल भए। उनले बलिङमा धेरै मिश्रण ल्याएका थिए जुन बिपक्षी ब्याट्सम्यानका लागि टाउको दुखाई बनेको थियो ।
पाकिस्तानी स्पिनर अजमललाई एक लाइनबाट अर्को लाइनमा अफ स्पिन गरेको हेर्न पाउनु सुखद अनुभव रहेको थियो। उनको बलिङ कला ब्याट्सम्यानलाई बुझ्न गाह्रो हुन्थ्यो। एक समय त अजमल विपक्षी टोलीका लागि आतंक बनेका थिए । ब्याट्सम्यानले उनको बलिङ संयोजन बुझ्न नसकेका कारण उनी सबैभन्दा खतरनाक स्पिनर बने ।
एडम वोग्स : अस्ट्रेलियाका आक्रामक ब्याट्सम्यान एडम वोग्सले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्न लामो समय कुर्नुपरेको थियो । २८ वर्षको उमेरमा उनले देशका लागि एकदिवसीय र टी–२० क्रिकेट नियमित रुपमा खेल्न थाले । ३५ वर्षको उमेरमा वोग्स टेस्ट क्रिकेटको इतिहासमा डेब्युमै शतक बनाउने पहिलो ब्याट्सम्यान बने। उनले वेस्ट इन्डिजविरुद्ध १३० रनको इनिङस् खेलेका थिए । यस कारण उनी अष्ट्रेलियन टोलीको नियमित सदस्य बने । उनी निरन्तर अगाडि बढिरहे । टोलीमा उत्कृष्ट प्रदर्शन गर्न थालेपछि बंगलादेश बिरुद्धको टेस्टमा उनी टोलीको उपकप्तान बने। चोटग्रस्त डेभिड वार्नरको अनुपस्थितिमा उनलाई यो जिम्मेवारी दिइएको थियो ।
माइकल हसी : ‘मिस्टर क्रिकेट’को उपाधि पाएका माइकल हसीको परिचय आवश्यकता छैन । हसीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यूका लागि करिब एक दशक कुर्नुपरेको थियो । हसीले ३० वर्षको उमेरमा टेष्ट क्रिकेटमा डेब्यु गरेका थिए भने २८ वर्षको उमेरमा एकदिवसीयमा। टेस्ट क्रिकेटमा डेब्यु गरेको दुई वर्षपछि उनको औसत ८६.१८ पुगेको थियो।
हसी टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १ हजार रन पूरा गर्ने खेलाडी पनि बनेका थिए । उनले १६४ दिनमा यो उपलब्धि हासिल गर्दे सन् २००६ मा आईसीसी ओडीआई प्लेयर अफ द इयरको उपाधि जितेका थिए। उनले सन् २०१० को टि-२० विश्वकप सेमिफाइनलसम्ममा सबै ढाँचाको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको रुपमा प्रमाणित गरे । उनले सहजै २४ बलमा ६० रन बनाएका थिए ।

टिप्पणी लेख्नुहोस्