बर्षाका कारण नेपाल र युएईबीचको फाइनल खेल पुनः अवरुद्ध
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र युएईबीचको फाइनल खेल वर्षाले पुनः अवरुद्ध भएको छ । त्रिवि मैदानमा जारी खेलमा पुनः वर्षा भएपछि खेल रोकिएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ । खेलमा नेपाल आक्रमक रुपमा उत्रिएको छ ।
नेपालले यूएईको नवौं विकेट लिई सकेको छ ।
नेपालका ललित राजबंशीलेले जहुर खानलाई आउट गर्दै युएईको नवौं विकेट लिएका हुन । यसअघि नेपालका लागि करन केसी र सन्दीप लामिछानेले दुई दुई तथा सोमपाल कामी र गुलशन झाले एक एक विकेट लिएका थिए । जहुर खानलाई आउट गरेका ललितले योसँगै जारी खेलमा आफ्नो ३ विकेट पुरा गरेका छन । यससँगै यूएईले १०६ रनमा ९ विकेट गुमाइसकेको छ ।
कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिडन आईपुगेको हो ।
नेपाल हालसम्म यो प्रतियोगितामा ११ वटा खेलसम्म अपराजित रहेको छ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।

टिप्पणी लेख्नुहोस्