बलात्कारको आरोपमा पक्राउ परेका गुनातिलाका क्रिकेटको सबै प्रारुपबाट निलम्बित
काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका ब्याट्सम्यान दनुष्का गुणातिलकालाई श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) ले निलम्बन गरेको छ । उनलाई क्रिकेटको सबै प्रारुपबाट निलम्बन गरेको बोर्डले जनाएको छ । गत नोभेम्बर ६ मा सहमतिविना यौनसम्पर्क गरेको आरोपमा गुणतिल्का सिडनीको एक होटलबाट पक्राउ परेका थिए । सोमबार सिड्नी अदालतले उनको जमानत अस्वीकार गरे लगत्तै बोर्डले विज्ञप्ति जारी गरी गुणतिल्कालाई 'तत्काल सबै प्रकारका क्रिकेटबाट' निलम्बन गरेको जनाएको छ ।
विगतमा पनि एसएलसीले गुणतिलाकालाई तीन पटक अनुशासन उल्लंघन गरेको आरोपमा निलम्बन गरिसकेको छ । ती मध्ये दुईवटा निलम्बन केही समय बितेपछि खुकुलो बनाइएको थियो। खेलाडीले गरेको कुनै पनि आचरणमा 'शून्य सहनशीलता' को नीति अपनाउने र अष्ट्रेलियाको कानून प्रवर्तन अधिकारीहरूलाई घटनाको निष्पक्ष छानबिन गर्न आवश्यक सबै सहयोग उपलब्ध गराउनेछ एसएलसीले जनाएको छ ।
सिड्नीमा चलिरहेको मुद्दामा मजिस्ट्रेट रोबर्ट विलियम्सले गुणातिलकाको कुनै आपराधिक इतिहास नभएको उल्लेख गरे, तर उनले जमानत आवेदन अस्वीकार गरे। गुणातिलकाका वकिल आनन्द अमरनाथले यो निर्णयलाई 'निराशाजनक' भन्दै सर्वोच्च अदालतमा अपील गर्ने बताएका छन । उनले भने, "यदि गुणतिल्कालाई जमानत दिइयो भने, उनी हिरासतबाट रिहा हुनेछन् तर मुद्दाको अन्तिम निर्णय नभएसम्म अष्ट्रेलियामै रहनेछन्," । आरोप गम्भीर भएकाले प्रक्रियामा एक वर्षभन्दा बढी समय लाग्न सक्ने अमरनाथले बताए ।
सिड्नी पुलिसका अनुसार गुणातिलकाले बलात्कारको आरोप लगाउने महिलालाई डेटिङ एप मार्फत सम्पर्क गरेका थिए । डिटेक्टिभ सुपरिटेन्डेन्ट जेन डोहर्टीले भने: "यी जोडीको भेट एक डेटिङ एपमा भएको थियो। नोभेम्बर ५ को बीचमा उनीहरुले टेक्स्ट, भ्वाइस र भिडियो च्याट मार्फत अन्तरक्रिया गरे। बुधबार, दुवैजनाले सिड्नीमा भेटघाट तथा खानपिन गरे र त्यसपछि उनीहरु उक्त महिलाको घर गए ।"
पुलिसले उनीहरू घरमा हुँदा, गुणातिलकाले महिलालाई धेरै पटक यौन दुर्व्यवहार गरेको र डेटिङ एपमा भएको भेटघाटसँग यसको कुनै सम्बन्ध नरहेको बताएको छ । गुनातिलाका ह्यामस्ट्रिङको चोटका कारण अक्टोबर १९ मा टी २० विश्वकपबाट बाहिरिएका थिए । तर उनी अस्ट्रेलियामा 'स्ट्यान्ड-बाय प्लेयर' को रूपमा टोलीमा रहेका थिए।

टिप्पणी लेख्नुहोस्