लेख विवरण

बलात्कारको आरोपमा श्रीलंकाली ब्याट्सम्यान सिडनीमा पक्राउ

बलात्कारको आरोपमा श्रीलंकाली ब्याट्सम्यान सिडनीमा पक्राउ

काठमाडौं । श्रीलंका क्रिकेट टोलीका खेलाडी तथा ब्याट्सम्यान दानुष्का गुणाथिलाकालाई शनीवार सिडनीमा पक्राउ गरिएको छ। उनीमाथि बलात्कारको आरोप लागेको छ। श्रीलंकाका सम्पूर्ण टीम आइतवार बिहान गुणाथिलाका बिनै स्वदेश फर्किएको छ।

गुणाथिलाकालाई तीन हप्ताअघि चोट लागेको थियो र उनलाई टी २० वर्ल्ड कप २०२२ को टोलीबाट बाहिर गरिएको थियो। उनको ठाउॅंमा टोलीमा आशेन बंडारालाई सामेल गरिएको थियो। तर टोली व्यवस्थापनले गुणाथिलाकालाई श्रीलंका फर्काएको थिएन। ३१ वर्षीय दानिष्का गुणाथिलाका अलराउण्डर खेलाडी हुन्।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.