लेख विवरण

बलियो नेपाल कप प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीलाई

बलियो नेपाल कप प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीलाई

पोखरा । बलियो नेपाल कप अन्तर एकेडेमी टि–२० क्रिकेट प्रतियोगिताको स्टार क्रिकेट एकेडेमीले जितेको छ । पोखरा रङ्गशाला क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा स्टारले कर्णाली एकेडेमीलाई ७ विकेटले हराउदै बलियो नेपाल कप २०२३ को उपाधि जितेको हो।

टस जितेर ब्याटिङ गरेको कर्णालीले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै केवल ७२ रनको बनाउन सफल रह्यो । कर्णालीका बिराट भण्डारीले २७ बलमा सर्वाधिक १५ रन बनाए। रोशनले १० रन जोडदा अन्य खेलाडीहरुले दोहोरो अंकमा रन बनाउन सकेनन। स्टारका लागि सुमित पराजुलीले ४ ओभरमा १७ रन खर्चिंदै ३ विकेट लिन सफल भए। त्यस्तै शुभम खनालले २ तथा कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १–१ विकेट लिए।

७३ रनको लक्ष्य पक्ष्याउने क्रममा जवाफी ब्याटिङ गरेको स्टारले ९.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । स्टारका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाए भने कप्तान अमर मिश्रले केबल ९ बलमा २२ रन बनाए। बिशालले ८ रन र अंकितले अविजित १५ रन बनाए। अन्त्यमा बिक्रम सिंहले चौका प्रहार गर्दै खेल जिताउन सफल भए । बलिङ तर्फ कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान १–१ विकेट लिए ।

फाईनल खेलको प्लेयर अफ द म्याच स्टार क्रिकेट एकेडेमीका सुमित अर्याल चुनिएका थिए। यस्तै प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृ्ष ब्याटर विराट सिंह भण्डारी, र प्लेयर अफ द सिरिज स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र पुरस्कृत भए।

प्रतियोगिताको विजेता टोलीले जनही पचास हजार, तथा उपविजेता टोलीले पच्चीस हजार प्राप्त गर्नेछन् भने उत्कृस्ट व्याटर र बलरले समान सात हजार तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

साथै बलियो नेपाल न्युट्रिसन ईनिसियटिभले गण्डकी प्रदेशका खेलाडीहरु राष्ट्रिय टोलीका सदस्य करण केसी, यु–१९ टिमका अर्जुन कुमाल र सुवास भण्डारीको पछिल्लो खेल प्रदर्शन तथा देशलाई महत्वपूर्ण प्रतियोगिता जिताउदै उच्च नाम राख्न सफल भएकोमा नगद पुरस्कार सहित सम्मान गरेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.