लेख विवरण

बलियो नेपाल कप : मधेश र बागमती प्रदेश फाईनलमा

बलियो नेपाल कप : मधेश र बागमती प्रदेश फाईनलमा

काठमाडौं । बलियो मधेश प्रदेश र बलियो बागमती प्रदेश बलियो नेपाल कप अन्डर १५ क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेका छन् ।

मुलपानी मैदानमा शनीबार सम्पन्न पहिलो सेमिफाइनलमा बलियो प्रदेश १ लाई ५ विकेटले हराउंदै बलियो बागमती फाईनल प्रवेश गरेको हो । बर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको बलियो प्रदेश १ ले ६३ रन जोडेको थियो । उसका रबिन मण्डलले १५ र सिवांश बजगाईले १४ रन जोड्न बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन । बलियो प्रदेश १ लाई सस्तैमा रोक्न बलियो बागमतीका कप्तान युवराज खत्रीले २ ओभरमा १० रन खर्चिएर ३ विकेट लिए ।

जवाफमा ६४ रनको लक्ष्य बलियो बागमतीले १०.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । बागमतीको जितमा समिर विस्टले १७ रन बनाए । खेलको प्लेयर अफ दि म्याच बलियो बागमतीका कप्तान युवराज खत्री घोषित भए ।

दोस्रो सेमिफाईनलमा बलियो लुम्बिनी माथि २ विकेटको रोमाञ्चक जित दर्ता गर्दै बलियो मधेश प्रदेश फाईनल प्रवेश गरेको छ ।

१९ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गर्दै बलियो लुम्बिनी प्रदेशले ७ विकेटको क्षतिमा १०० रन जोडेको थियो । उसका लागि सन्दिप गौतमले २३ रन र अनुज ठकुरीले १७ रनको योगदान गरे । बलिंग तर्फ बलियो मधेशका साईमन रोएले ४ ओभरमा केवल ५ रन खर्चिएर २ विकेट हात पारे ।

जवाफमा १०१ रनको लक्ष्य पछ्याएको बलियो मधेश प्रदेशलाई ३ बलमा २ रन आवश्यक रहंदा साईमन रोएले छक्का प्रहार गर्दै खेल जिताए । २ विकेटको रोमाञ्चक जित दर्ता गर्ने क्रममा बलियो मधेशका लागि रंजन यादवले २५ र साईमन रोएले अविजित २४ रन बनाए।

बलियो लुम्बिनीका लागि करन घर्ति मगरले ४ ओभरमा १५ रन खर्चिएर ५ विकेट हात पारेपनि टोलीलाई जित दिलाउन सकेनन

प्रतियोगिताको फाइनल खेल सोमबार १० बाट सुरुहुने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.