बलियो नेपाल कप : स्टार क्रिकेट एकेडमी र कर्णाली विजयी
काठमाडौ । पोखरामा जारी ‘बलियो नेपाल कप–अण्डर १९’ क्रिकेट प्रतियोगितामा स्टार क्रिकेट एकेडमी र कर्णाली एकेडमी विजयी भएका छन ।
पोखरा रङ्गशाला क्रिकेट मैदानमा बिहीवार (आज) भएको पहिलो खेलमा स्टार एकेडमीले पोखरा क्रिकेट एकेडमीलाई २५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको स्टारले निर्धारित २० ओभरको खेलमा १९.१ ओभर खेल्दै अलआउट भएर ९१ रन बनायो । टोलीका लागि बिशाल भुषालले सर्वाधिक १८ रन बनाए । सुमित पराजुली (१६) र महेश मगरले अविजित (११) रन बनाए । टोलीले अतिरिक्तको रुपमा १७ रन पायो । पोखराका लागि बलिङमा प्रदिप आर्यालले सर्वाधिक ३ विकेट लिए । नितेश गिरि, मनिष गैरे र सिब्रिन श्रेष्ठले समान २-२ विकेट लिए ।
स्टारले दिएको ९२ रन पछ्याएको पोखरा १९.४ ओरभमा ६६ रन बनाउदै अलआउट भयो । टोलीका लागि रोहित चन्दले सर्वाधिक ९ रन बनाए । पोखराले अतिरिक्तको रुपमा २७ रन पायो । स्टारका लागि बलिङमा अमर मिश्राले सर्वाधिक ३ विकेट लिए । महेश भार र सन्तोष यादवले २-२ विकेट लिए । बिप्रसन केसी, सुमित पराजुली र सुरज खड्काले समान १-१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच स्टारका अमर मिश्रा भए ।
आजै भएको दोस्रो खेलमा कर्णाली एकेडमीले ईलाम क्रिकेट एकेडमीलाई ३२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले १३ ओभरमा ४ विकेट गुमाउदै १ सय २२ रन बनायो । टोलीका लागि विराट भण्डारीले ६२ रनको अर्धसतकीय पारी खेले । ३८ बलको समान गरेका भण्डारीले ६ चौंका र २ छक्का प्रहार गरे । ओपनर मनिष थापा (३५), आदित्य शाह (९) र रोशन शाहीले (६) रन बनाए । इलामका लागि बलिङमा एलिस मण्डल, सुयोग भटराई र दिप कुमार भुजेलले समान १-१ विकेट लिए ।
कर्णाली दिएको १ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा इलामको टोली १३ ओभरमा ९० रन बनाएर अलआउट भयो । टोलीका लागि दिप कुमार भुजेल (३५) सुदिप पौडेल (१६) र एलिस मण्डलले अविजित २० रन बनाए । कर्णालीका लागि बलिङमा आदित्य शाहले २ ओभरमा ९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । बिपिन प्रसाद शर्मा र लक्की बमले १-१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच कर्णालीका विराट भण्डारी भए ।
प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले सहभागिता जनाएका छन ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार र द्वितीय हुने टोलीलाई रु २५ हजारसहित ट्रफी र मेडल पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा ‘म्यान अफ दी सिरिज’ घोषित एक जना खेलाडीलाई नगद रु १० हजारसहित ट्रफी तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर एक/एक जनालाई नगद रु सातरसात हजार र इमर्जिङ प्लेयरलाई नगद रु पाँच हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्