लेख विवरण

बहराइनमा हुने डेभिस कपका लागि टेनिस खेलाडी छनोट

बहराइनमा हुने डेभिस कपका लागि टेनिस खेलाडी छनोट

काठमाडौंँ । डेभिस कपका लागि ४ लनटेनिस खेलाडी छनोट भएका छन् । अक्टोबर २३ देखि २८ तारिखसम्म बहराइनमा हुने डेभिस कपका लागि ४ पुरुष खेलाडी छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

छनोट भएका खेलाडीहरुमा अभिषेक बाँस्तोला, प्रदीप खड्का, अकी जुवेन रावत र ऋतिक राणा रहेका छन् ।

बिली जिन कपका लागि महिला खेलाडीको छनोट प्रतिस्पर्धा जुनको तेश्रो साता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा गर्ने सचिव देवकोटाले जानकारी गराए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.