बहिरा बुद्धिचालको विजेतामा उत्तम र आश्था
काठमाडौं । पारा राष्ट्रिय खेलकुदअन्तर्गत बहिरा बुद्धिचाल प्रतियोगिताको पुरुषमा उत्तम महर्जन र महिलामा आश्था राई शनिबार विजेता बनेका छन । पाँच चरणमा भएको खेलमा उत्तम र आश्थाले ५–५ अंक जोडे ।
राष्ट्रिय बहिरा खेलकुद कमिटीको तत्वावधानमा त्रिपुरेश्वरस्थित आयोजक राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा झमकप्रसाद गौतम दोश्रो तथा श्याम तामाङ तेश्रो भए । महिलामा नेहा श्रेष्ठ दोश्रो तथा सुनिता नेपाल तेश्रो स्थानमा रहे । पुरुषमा १३ र महिलामा १२ खेलाडी सहभागी थिए ।

टिप्पणी लेख्नुहोस्