लेख विवरण

बाँकेकी सञ्जु र नेपाल प्रहरीकी जुनुमायाको कीर्तिमान

बाँकेकी सञ्जु र नेपाल प्रहरीकी जुनुमायाको कीर्तिमान

काठमाडौं । बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४औँ पुरुष तथा नवौँ, महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका छन ।

१३औँ दक्षिण एशियाली खेलकुदकी स्वर्णधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियरतर्फ आफ्नै नाममा रहेको स्नाचमा ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एण्ड जर्कमा ९८ केजी सहित कुलमा १७६ केजी तौलका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन । उनले स्नाचमा पहिलो प्रयासमा ७० केजी भार बहन गरेकोमा दोस्रोमा ७५ केजी तौल भार बहन गर्दै कीर्तिमानमा सुधार गरिन ।

यस्तै ७१ केजी तौलमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि कीर्तिमान बनाईन । उनले स्नाचमा ६८ केजी र क्लिन एण्ड जर्कमा ८८ केजीका साथ कुल १५६ केजी भार बहन गर्दै नयाँ कीर्तिमान रचेकी हुन । यसअघि यस तौल समूहमा नेपाल प्रहरीकी राजलक्ष्मी थापाको नाममा कीर्तिमान थियो । थापाले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी र कुलमा १५४ केजीको किर्तिमान बनाएकी थिइन ।

नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको ५९ केजी तौल समूहको युथ तर्फ एक्लै प्रतिस्पर्धा गरेकी सप्तरीकी सरिता यादवले स्नाचमा ४६ केजी, क्लिन एण्ड जर्कमा ६० केजीका साथ कुलमा १०६ केजी भारका साथ स्वर्ण जितिन ।

महिला ५५ केजी तौलको युथमा सप्तरीकी पुजा मण्डलले स्नाचमा ४० केजी, क्लिनमा ५६ केजी गरि कुलमा ९६ केजी भारका साथ स्वर्ण जितिन । फाइनलमा उनले बर्दियाकी सामना थारुलाई हराइन । जुनियरतर्फ बर्दियाकी नन्दा थापामगरले स्वर्ण जितिन । महिलाको ५५ केजीकै सिनियरतर्फ नेपाली सेनाका खेलाडीको बर्चस्व रह्यो । सेनाकी प्रभा थारुले स्वर्ण, सृजना तामाङले रजत र अस्मिता पुलामीले कांस्य जितिन ।

महिलाको ६४ केजी तौल समूहको युथतर्फ बर्दियाकी जयकला थापामगर, जुनियरतर्फ बर्दियाकी ललिता हेमराना, ६४ केजी सिनियरतर्फ सेनाकी शारदा चौधरी, पुरुष ७३ केजी सिनियरतर्फ सेनाका जीवन तामाङ, ७३ केजी तौलको जुनियर र युथतर्फ दुवै स्वर्ण कञ्चनपुरका हेमन्त पालले जिते ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.