बागमती प्रदेश खेलकुद : सिन्धुली र काठमाडौं फाइनलमा
हेटौडा । सिन्धुली र काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
गौरीटार रंगशालामा भएको सेमिफाइनलमा सिन्धुलीले नुवाकोटलाई ३–० गोलले पराजित ग¥यो । सिन्धुलीका सचना लो, सेमिका परियार र बिटिशा बम्जनले १–१ गोल गरे । अर्को सेमिफाइनलमा काठमाडौंले चितवनलाई २–० गोलले हरायो । विजयी टिमका लागि एलिना तामाङ र सरस्वती ऐरले गोल गरे । फाइनल बिहीबार २ः०० बजे हुनेछ ।
पुरुष फुटबलमा भने सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल काठमाडौं र ललितपुर तथा मकवानपुर र काभ्रेबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्