लेख विवरण

बाबर आजम बने 'आइसीसी क्रिकेटर अफ द इयर'

बाबर आजम बने 'आइसीसी क्रिकेटर अफ द इयर'

काठमाडौंँ । पाकिस्तानी कप्तान बाबर आजम सन् २०२२ को आईसीसी पुरुष 'क्रिकेटर अफ द इयर' चुनिएका छन् । यसबाहेक उनले ओडीआई क्रिकेटर अफ द इयरको अवार्ड पनि जितेका छन् । इंग्ल्याण्डका कप्तान बेन स्टोक्स वर्षको उत्कृष्ट टेस्ट खेलाडी घोषित भएका छन् । त्यसको एक दिनअघि टी–२० पुरुष क्रिकेटर अफ द इयरको अवार्ड भारतका सूर्यकुमार यादवले जितेका थिए ।

पाकिस्तानी खेलाडीले लगातार दोस्रो पटक पुरुष क्रिकेटर अफ द इयर अवार्ड पाएका छन् । गत वर्ष तिव्र गतिका बलर शाहीन शाह अफ्रिदीले यो उपाधि जितेका थिए । पुरुष क्रिकेटर अफ द इयर चुनिएका खेलाडीलाई सर गारफिल्ड सोबर्स ट्रफी प्रदान गर्ने गरिन्छ।

आईसीसी क्रिकेटर अफ द इयर अवार्डको दावेदारमा पाकिस्तानका कप्तान बाबर आजमका अलावा इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्स, न्युजिल्यान्डका टेस्ट कप्तान टिम साउथी र जिम्बाब्वेका सिकन्दर रजाको नाम थियो ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.