लेख विवरण

बारामा अन्तर्राष्ट्रिय गढीमाई तेक्वान्दो प्रतियोगिता शुरु

बारामा अन्तर्राष्ट्रिय गढीमाई तेक्वान्दो प्रतियोगिता शुरु

बारा । मधेश प्रदेशमा तेक्वान्दो खेलको बिकासमा टेवा पुर्याउने उद्देश्यले बाराको निजगढमा आजदेखि प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शूरु भएको छ ।

प्रतियोगितामा नेपालका ७ प्रदेशसहित भारत, बंगलादेश, भुटान, कोरिया, जापानका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिता आयोजक समितिका संयोजक पेमासिद्धी लामाका अनुसार जिरोगी र पुन्से तर्फ गरी दुई विधामा सञ्चालन हुने खेल ६ गते सम्म चल्नेछ ।

मधेश प्रदेश तेक्वान्दो संघको आयोजनामा भएको यस खेलमा राष्ट्रिय खेलकूद परिषद्का तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा मुख्य निर्णायक रहेका छन् । यस्तै निर्णायकहरुमा अन्तराष्ट्रिय निर्णायक रवीन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी र नविना बुढाथोकी मगर लगायत रहेका छन् ।

जिरोगीतर्फ पुरुष सात र महिला छ गरी १३ तौल समुह र पुम्सेतर्फ जुनियर १० बर्षको सिगल, १२ बर्ष डबल र १४ बर्षको ग्रुप गरी तीन तथा सिनियर पुम्सेतर्फ १८ बर्ष तल र माथि महिला पुरुष गरी चार टिम गरी २० ईभेन्टमा प्रतियोगिता सञ्चालन हुने मधेश प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.