बार्टी र कोलिन्स फाइनलमा
एजेन्सी । विश्व नम्बर एक वरियताकी अष्ट्रेलियन खेलाडी अस्लेइग बार्टी र अमेरिकी खेलाडी डेनियल कोलिन्स अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन ।
मेलवर्नमा बिहीबार भएको खेलमा बार्टीले अमेरिकाकी खेलाडी म्याडिसन केयसलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गरिन । बार्टी सन् १९८० पछि अष्ट्रेलियन ओपनको एकलतर्फ फाइनलमा स्थान बनाउने पहिलो घरेलु खेलाडी पनि बनेकी छिन ।
अर्को खेलमा कोलिन्सले पोल्याण्डकी इगा स्वेटेकलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेकी हुन । कोलिन्सले स्वेटेकमाथि ६–४, ६–१ को जित निकालिन । कोलिन्स पहिलो पटक ग्रान्डस्लाम टेनिसको फाइनलमा पुगेकी हुन ।

टिप्पणी लेख्नुहोस्