बिच भलिबल टोलीलाई सदस्य–सचिवको बधाइ
काठमाडौं । बंगलादेशको कोक्स बजारमा भएको एभीसी सेन्ट्रल जोन बिच भलिबल प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बधाइ दिएका छन् ।
सदस्य–सचिव घिसिङले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाइ दिएका हुन् ।
नेपालको पुरुष-महिला दुवै टोलीले प्रतियोगितामा रजत पदक जितेको थियो । पुरुषमा मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा कोपिला उप्रेती र कमला पुनको जोडी सहभागी थिए । प्रतियोगिता गत शुक्रबार सम्पन्न भएको थियो ।

टिप्पणी लेख्नुहोस्