बुट्टाबारीको जितसँगै सेमीफाइनल भिड्ने टिम पक्का
इलाम । बुट्टाबारी युनाइटेडको जितसँगै तेश्रो सन्दकपुर गोल्डकपको सेमीफाइनल समिकरण पुरा भएको छ । सन्दकपुर—३ देउराली स्थित सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा गत संस्करणको उपविजेता रेडहर्स फुटबल क्लबलाई १—० गोल अन्तरले हराउँदै बुट्टाबारीले अन्तिम ४ मा स्थान बनाएको हो ।
बुट्टाबारीको जितमा निरोज कार्कीले निर्णायक गोल गरे । उनले खेलको २४ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद २ हजार प्राप्त गरे । जितसँगै बुट्टाबारीले विर्तामोड युनाइटेडसंग आगामी चैत्र २९ गते भिड्नेछ ।
प्रतियोगिताको पहिलो सेमीफाइनलमा मंगलबार दमक फुटबल एकेडेमी र फिक्कल युनाइटेड भिड्दैछन् । दमकले आयोजक देउराली स्र्पोटिङ क्लबलाई हराउँदै सेमीफाइनल पुगेको हो । फिक्कलले सुनाकोठी एफसी ललितपुरलाई हराएको थियो ।

टिप्पणी लेख्नुहोस्