लेख विवरण

बुद्धिचाल प्रतियोगिताको खुलातर्फ एनआरएनएका आशिषको एकल अग्रता

बुद्धिचाल प्रतियोगिताको खुलातर्फ एनआरएनएका आशिषको एकल अग्रता

गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा आशिष फुयाँलले एकल अग्रता कायम गरेका छन । प्रतियोगिताअन्तर्गत क्लासिकल इभेन्ट पाँचौँ चरणको खेल सम्पन्न हुँदा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का खेलाडी फुयाँलले अग्रता कायम गरेका हुन ।

क्लासिकलतर्फको अहिलेसम्मको पाँच खेलमध्ये फुयाँलले चार खेलमा जीत हात पारेको र एक खेलमा मात्र पराजय व्यहोरेको निर्णायक दिपेश गिरीले जानकारी दिए । प्रतियोगिताअन्तर्गत पाँचौँ चरणको क्लासिकल इभेन्टमा फुयाँलले नेपाल पुलिस क्लबका क्षितिज भण्डारीसँग ‘ड्र’ खेल्दै अग्रता कायम गर्न सफल भएका हुन ।

फुयाँलले क्लासिक इभेन्टको पहिलो चरणमा लुम्बिनी प्रदेशका निशान्त श्रेष्ठ, दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुवीर लामा, तेस्रो चरणमा त्रिभुवन आर्मी क्बलका मिलन लामा र चौथो चरणमा त्रिभुवन आर्मी क्लबकै रुपेश जैसवाललाई पराजित गरेका थिए । प्रतियोगितामा नेपाल पुलिस क्लबका क्षितिज भण्डारी र त्रिभुवन आर्मी क्बलका रुपेश जैसवालले चार÷चार खेल जितेर फुयाँललाई पछ्याइ रहेका छन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.