लेख विवरण

बुद्धीचालमा एनआरएनका आशिषको अग्रता कायमै

बुद्धीचालमा एनआरएनका आशिषको अग्रता कायमै

गोरखा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुद्धीचाल खेलमा एनआरएनका आशिष फुयालले अग्रता कायम नै राखेका छन । ५ चरणको खेल सकिँदा उनले ४ दशमलव ५ अङ्क जोडेका छन् । चौथो चरणमा आशिषले नेपाल आर्मी क्लबका रुपेस जयसवाललाई हराए भने पाँचौं चरणमा नेपाल पुलिस क्लबका क्षितिज भण्डारीसँग बराबरी गरे ।

क्षितिज र रुपेसको समान ४ अङ्क छ । एनआरएनका शुसिल चौधरी, आर्मीका मिलन लामा, प्रदेश –१ का राजन सुबेदी, पुलिसका सुरबीर लामा, बागमतीका निकेन कुसाथा र एनआरएनएका कृष्ण थापाको ३ दशमलव ५ अङ्क छ । महिला तर्फ आर्मीकी सुजना लोहनी शिर्ष स्थानमा छिन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.