लेख विवरण

बुल्गेरिया ओपनमा खड्का

बुल्गेरिया ओपनमा खड्का

काठमाडौंँ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले वर्ल्ड र्याङकिङ जि २ बुल्गेरिया ओपन क्यारोगी प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरेका छन ।

सो प्रतियोगिता बुल्गेरियाको सोफियामा मार्च ३ देखि ५ तारिखसम्म सम्पन्न भएको हो । अशोक दक्षिण एसियाबाट एक मात्र निर्णायकको रुपमा सो प्रतियोगितामा रहेका थिए । वर्ल्ड र्याङकिङ जि २ क्यारोगीतर्फ अशोकले १९ फाइट खेलाए । जसमा तीन फाइनल र चार सेमिफाइनल रहेका छन् ।

अशोकले सोमबार राति पुम्सेतर्फका खेल पनि सञ्चालन गरे । उनी पुम्से बिधाका समेत अन्तर्राष्ट्रिय निर्णायक हुन । अशोक क्यारोगी, पुम्से र पारा तीन वटै बिधामा नेपालका एक मात्र अन्तर्राष्ट्रिय निर्णायक हुन । क्यारोगीतर्फ अशोकलाई दोस्रो क्लास अन्तर्राष्ट्रिय निर्णायकको मान्यता छ ।

गतवर्ष विश्व तेक्वान्दोमा समेत निर्णायकको भुमिका निर्वाह गरिसकेका अशोकले हालसम्म २१ वटा भन्दा बढी अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायको भुमिका निर्वाह गरिसकेका छन ।

बेल्जियम ओपन, स्विडिस ओपन, अस्ट्रेलियन ओपन जस्ता वर्ल्ड र्याकिङ प्रतियोगितामा पनि सर्वश्रेष्ठ निर्णायक घोषित भइसकेका अशोक पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मी मध्ये एक हुन ।

गत वर्ष युवा तथा खेलकुद मन्त्रालयले एक लाख पुरस्कारसहित ‘उत्कृष्ट रेफ्री’का रूपमा पनि अशोकलाई सम्मान गरेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.