बेइजिङ शीतकालीन ओलम्पिक सम्पन्न
काठमाडौं । बेइजिङमा फेबु्रवरी ४ देखी २० सम्म आयोजना भएको शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । सत्र दिन सम्म चलेको प्रतियोगितामा कुल १०९ स्वर्ण पदकको छिनोफानो भएको थियो । प्रतियोगिताको समापनमा आयोजक राष्ट चीनले विश्वव्यापी एकता जनाउने र आफ्नो कला संस्कृति सहितको झाँकी प्रस्तुत गरेको थियो।
शीतकालीन ओलम्पिकको अर्को संस्कण सन् २०२६ मा इटालीको मिलान र कोर्टिसिनो शहरमा आयोजना हुनेछ । प्रतियोगिताको समापन समारोहमा मिलन र कोर्टिनोले आफ्नो प्रस्तुति दिएका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस हकले खेलको समापनको घोषणा गरेका थिए । यसपटकको शीतकालीन ओलम्पिकमा २ हजार ८ सय ७१ खेलाडीहरुले सहभागिता जनाएका थिए ।
ग्रीष्मकालीन ओलम्पिक (२००८) पछि शीतकालीन ओलम्पिक आयोजना गर्ने बेइजिङ पहिलो शहर बनेको छ । सन् २०२६ को अर्को शीतकालीन ओलम्पिक आयोजना गर्ने इटालीको मिलान र कोर्टिनो शहरलाई अब आधिकारिक रूपमा मिलानो कोर्टिना भनिनेछ।
चार स्वर्णसहित सर्वाधिक सफल : नर्वेका जोहानेस थिङनेस बोइ प्रतियोगिताका सर्वाधिक सफल खेलाडी बनेका छन । उनले प्रतियोगितामा चार स्वर्ण र एक कांस्य पदक जिते । उनका भाइ तेर्जेईले दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जिते ।
आइस हक्कीलाई अन्तिम स्वर्ण : बेइजिङ विन्टर ओलम्पिकको अन्तिम स्वर्ण आइस हक्कीमार्फत तय गरिएको थियो। स्वर्णको दाबेदार फिनल्याण्डले पुरुष तर्फको खेलमा रूसलाई २–१ ले पराजित गर्यो ।
पहिलो स्वर्ण नर्वेको थेरासलाई : प्रतियोगिताको पहिलो स्वर्ण पदक नर्वेका थेरास जोहागले स्कायाथालानमा जितेका थिए । उनले प्रतियोगितामा तीन स्वर्ण जिते। ३० किमी मास स्टार्ट फ्री प्रतियोगितामा उनले तेस्रो स्वर्ण जितेका थिए । उनले पछिल्लो शीतकालीन खेलमा १८ महिने प्रतिबन्धका कारण भाग लिएका थिएनन ।
अलेक्जेन्डरको ह्याटट्रिक : रसियाका अलेक्जेण्डर बोल्ष्नोभले पुरुष क्रस कन्ट्री स्कीइङमा च्याम्पियन बन्दै प्रतियोगितामा तेस्रो स्वर्ण पदक जितेका थिए ।
कामिलाको विवाद : प्रतियोगितामा रसियाकी १५ वर्षिया खेलाडी कामिला वेलिभाको विवाद पनि समेटिएको थियो । कामिला रुसी ओलम्पिक कमिटी स्केटिङ टोलीकी सदस्य थिइन् जसले स्वर्ण पदक जितेकी थिइन् तर डिसेम्बरमा उनले गराएको डोप परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि जाँच पूरा नभएसम्म पदक समारोह रोकिएको थियो। पछि, वयस्क भएकाले उनलाई थप प्रतियोगिताहरूमा भाग लिन अनुमति दिइयो तर एकल खेलमा उनले चौथो स्थान प्राप्त गरिन ।

टिप्पणी लेख्नुहोस्