लेख विवरण

बेन स्टोक्सले बनाए टेस्ट क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको किर्तिमान

बेन स्टोक्सले बनाए टेस्ट क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको किर्तिमान

काठमाडौँ । पाकिस्तानविरुद्ध मुल्तान टेस्टको दोस्रो इनिङ्समा छक्का प्रहार गरेपछि इङ्ल्यान्डका बेन स्टोक्स टेस्ट क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बनेका छन । उनले न्यूजिल्याण्डका पूर्व ब्याट्सम्यान ब्रेन्डन म्याकुलमको बराबरी गरेका छन् । कप्तान स्टोक्सले ८८ टेस्ट खेलमा १०७ छक्का प्रहार गरेका छन् । हाल इंग्ल्याण्डका प्रशिक्षक समेत रहेका म्याकुलमले पनि आफ्नो टेस्ट करियरमा १०७ छक्का प्रहार गरेका थिए।

एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको सूचीमा पाकिस्तानका शाहिद अफ्रिदी शीर्ष स्थानमा छन् । उनले ३९८ खेलमा ३५१ छक्का प्रहार गरेका छन् । उनीपछि वेस्ट इन्डिजका क्रिस गेलले ३३१ र श्रीलंकाका सनथ जयसूर्याले २७० छक्का प्रहार गरेका छन् । यो सूचीमा भारतका रोहित शर्मा र महेन्द्र सिंह धोनी चौथो र पाँचौं नम्बरमा छन्। रोहितले २५६ र धोनीले २२९ छक्का प्रहार गरेका छन् ।

टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान भारतका रोहित शर्माको नाममा छ । रोहितले १४८ खेलमा १८२ छक्का प्रहार गरेका छन् । उनीपछि न्युजिल्याण्डका गुप्टिलले १७३ र अष्ट्रेलियाका आरोन फिन्चले १२५ छक्का प्रहार गरेका छन् । वेस्ट इन्डिजका क्रिस गेल १२४ छक्कासहित चौथो र इंग्ल्याण्डका पूर्व कप्तान इयोन मोर्गन १२० छक्कासहित पाँचौं स्थानमा छन् ।

वेस्ट इन्डिजका क्रिस गेलले तीनवटै ढाँचाको क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन् । गेलले ४८३ अन्तर्राष्ट्रिय खेलमा ५५३ छक्का प्रहार गरेका छन् । उनीपछि रोहित शर्मा र शाहिद अफ्रिदीको नाम आउँछ। रोहितले ५०२ र अफ्रिदीले ४७६ छक्का प्रहार गरेका छन् । यो सूचीमा न्यूजिल्याण्डका म्याकुलम र गुप्टिल चौथो र पाँचौं नम्बरमा छन् । म्याकुलमले ३९८ र गुप्टिलले ३८३ छक्का प्रहार गरेका छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.