लेख विवरण

बेलबारी गोल्डकप : सीवेस्ट बङ्गाललाई हराउँदै सिरहा विजयी

बेलबारी गोल्डकप : सीवेस्ट बङ्गाललाई हराउँदै सिरहा विजयी

सुन्दरहरैँचा । पाँचौँ बेलबारी बुद्धएयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको दोस्रो प्रि–क्वार्टरफाइनल खेलमा एमएमएफ सीवेस्ट बङ्गाल भारतलाई १–३ गोलले हराउँदै सहलेस युथ क्लब सिरहा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मोरङको बेलबारी–११ स्थित लक्ष्मी माविको खेल मैदानमा आज भएको प्रतियोगितामा भारत पहिलो खेलबाटै बाहिरिएको हो । सिराहासँगको प्रतिस्पर्धामा गोलको तालमेल मिलाउन नसक्नु भारतका लागि दुर्भाग्यपूर्ण बन्यो ।

बिहीबार हुने क्वार्टरफाइनल खेल झापाको रोलिङ क्लब धुलाबारी तथा आयोजक डाँगीहाट युथ क्लबबीच हुने प्रतियोगिता संयोजक विक्रम वान्तवा राईले जानकारी दिए । यही कात्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरी १० वटा टिमको सहभागिता रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.