लेख विवरण

बोलोग्नामाथी इन्टरको आधा दर्जन गोल

बोलोग्नामाथी इन्टरको आधा दर्जन गोल

काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई ६–१ अन्तरले पराजित गरेको छ । 

घरेलु मैदानमा एक गोलले पछि परेको इन्टर पुनरागमन जित निकाल्न सफल भएको हो । 

इन्टरको जितमा फेडरिको डिमार्कोले दुई गोल गरेका थिए । यसैगरी इडेन जेको, लोउटारो मार्टिनेज, हकान चलहानोग्लु र रोविन गोसेन्सले समान एक/एक गोल गरे । बोलोग्नाका ल्योकोजियानिसले एक गोल फर्काएका थिए । 

जितसँगै इन्टर १४ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित बोलोग्ना १६ अंक जोडेर १३औं स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.