लेख विवरण

ब्याट्सम्यानले गैरजिम्मेवार शट खेलेको कारण लखनउसँग पराजित भयौं : रोहित शर्मा

ब्याट्सम्यानले गैरजिम्मेवार शट खेलेको कारण लखनउसँग पराजित भयौं : रोहित शर्मा

काठमाडौं । लखनउ सुपर जाइन्ट्ससँग ३६ रनले पराजित भएपछि निराश मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्न नसकेको र ब्याट्सम्यानले केही गैरजिम्मेवार शट खेलेको स्वीकार गरेका छन् । लखनउसँगको हार मुम्बईको आईपीएल २०२२ मा लगातार आठौं हार हो र टोली अंक तालिकाको पुछारमा रहेको छ।

३४ वर्षिय शर्माले पिच राम्रो रहेको र मुम्बईका ब्याट्सम्यानले साझेदारी बढाउने तर्फ ध्यान दिनु पर्ने बताए । उनले कमजोर शट चयनका कारण आफ्नो टोलीले १६९ रनको लक्ष्य पछ्याउन नसकेको बताए ।

खेलपछि रोहितले भने, ‘मलाई लाग्यो कि हामीले राम्रो बलिङ ग¥यौं । ब्याटिङको लागि राम्रो पिच थियो तर हामीले राम्रो ब्याटिङ गर्न सकेनौँ।हामीले १६९ रनको लक्ष्य पछ्याउनु पर्ने थियो ।जब तपाईंसँग त्यस्तो लक्ष्य छ, तपाईंलाई साझेदारी चाहिन्छ जुन हामीले गर्न सकेनौं।म लगायत सबै ब्याट्सम्यानले केही गैरजिम्मेवार शट खेले ।लखनउका बलरहरुले बीचमा राम्रो बलिङ गरे । तर हामीले राम्रो ब्याटिङ गर्न सकेनौं।

खेलमा पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।लखनउका लागि कप्तान केएल राहुलले ६२ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै अविजित १०३ रनको शतकिय पारी खेले। राहुलका अलावा मनिष पाण्डेले २२ रन बनाए । मुम्बईका लागि केरोन पोलार्ड, रिले मेरिडिथले २–२ तथा ड्यानियल सेम्स र जसप्रित बुमराहले १–१ विकेट लिए ।

जवाफमा मुम्बईको टोलीले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३९, तिलक वर्माले ३८ र केरोन पोलार्डले १९ रन बनाए । लखनउका लागि क्रुणाल पाण्ड्याले ३ तथा आयुष बडोनी, रवि बिश्नोई, जेसन होल्डर र मोहसिन खानले १–१ विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.