लेख विवरण

ब्याडमिन्टन टिम ईभेन्टस् : दुवै स्वर्ण सेनालाई

ब्याडमिन्टन टिम ईभेन्टस् : दुवै स्वर्ण सेनालाई

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा ब्याडमिन्टन कभर्डहलमा भएको टिम ईभेन्टस् प्रतिस्पर्धाको पुरुष तथा महिला दुवै तर्फको स्वर्ण पदक नेपाली सेनाले प्राप्त गरेको छ । दुवै टिमले एपिएफलाइ पछि पार्दै स्वर्ण जितेका हुन् ।

पुरुष तर्फ वेष्ट अफ फाइभको खेलमा सेनाले एपिएफलाई ३–० ले तथा महिला तर्फ वेष्ट अफ फाईभको प्रतिस्पर्धामा २–० ले पराजित गरेका हुन् । पुरुष तर्फ नेपाल पुलिस र एनआरएनए संयुक्त तेश्रो भए भने महिला तर्फ सुदूरपश्चिम प्रदेश र प्रदेश १ संयुक्त तेश्रो भए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.