लेख विवरण

ब्राजिलका मुख्य प्रशिक्षकद्धारा राजीनामा

ब्राजिलका मुख्य प्रशिक्षकद्धारा राजीनामा

काठमाडौं । पाँच पटकको विश्वकप विजेता ब्राजिल कतारमा जारी २२औँ विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन ।

शुक्रबार राति ब्राजिल क्रोएसियासँग टाइब्रेकरमा ४–२ गोलले पराजित भएको थियो । ६१ वर्षीय टिटे सन् २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

टिटेको नेतृत्वमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिका कप जितेको थियो । टिटेको प्रशिक्षकमा ब्राजिलले ८१ खेल खेल्दा ६० खेल जितेको छ । टिटेले यसअघि नै विश्वकप पछि टोली छाड्ने घोषणा गरेका थिए ।

विश्वकपको सफल टोली ब्राजिल सबै संस्करण खेल्ने एक्लो टोली हो । तर, कतार विश्वकप ब्राजिलका लागि दुःखद् रह्यो । क्रोएसियाविरुद्ध सुरुवाती अग्रता लिएरपनि जोगाउन नसक्दा ब्राजिल टाइब्रेकरमा स्तब्ध बन्यो । एजेन्सी

टिप्पणी लेख्नुहोस्

Please Login to comment.