ब्राजिलको हरेक गोलमा यी मोडेलले टपलेस फोटो सेयर गर्ने
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा पाँच पटकको च्याम्पियन ब्राजिलको प्रदर्शन उत्कृष्ट रहेको छ । सोमबार भएको खेलमा ब्राजिलले स्विजरल्याण्डलाई १–० ले हराउँदै समूह जी को शीर्ष स्थानमा उक्लिएको छ र प्रि-क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । यसैबीच ब्राजिलकी एक मोडलले विश्वकपमा ब्राजिलले गरेको हरेक गोलमा आफ्नो फ्यानसँग टपलेस तस्विर सेयर गर्ने घोषणा गरेकी छन् । डियान टोमाजोनी नामकी यो मोडलको यो घोषणापछि सामाजिक सञ्जालमा उनको निकै खोजी भइरहेको छ ।
डियान टोमाजोनीले फ्यानहरूलाई ब्राजिलका हरेक गोलका लागि टपलेस फोटो सेयर गर्ने बताएकी छिन् । मोडलले आफ्नो सेक्युर फलोअर्सको लागि यो गर्ने बताइन् । २४ वर्षीया डियानका हजारौं फलोअर्स छन् । उनी इन्स्टाग्राममा निकै सक्रिय छिन् ।
विश्वकपमा अहिलेसम्म ब्राजिलको प्रदर्शन उत्कृष्ट रहेको छ । तर टोलीका स्टार स्ट्राइकर नेयमार जुनियर चोटका कारण पछिल्ला केही खेलबाट बाहिर छन् । अब नेयमार कहिले फर्किन्छन् र उनीविनाको टिमले कस्तो प्रदर्शन गर्छ त्यो हेर्ने बाँकी छ । नेयमारले ब्राजिलका लागि १२१ खेलमा ७५ गोल गरेका छन् । उनी लेजेन्ड पेलेको ७७ गोलभन्दा दुई गोल मात्र पछाडि छन् ।

टिप्पणी लेख्नुहोस्