लेख विवरण

ब्राजिलियन फुटबलर ड्यानी अल्भेस बलात्कार आरोपमा पक्राउ

ब्राजिलियन फुटबलर ड्यानी अल्भेस बलात्कार आरोपमा पक्राउ

काठमाडौंँ । ब्राजिललाई टोकियो ओलम्पिकमा स्वर्ण पदक जिताउने कप्तान ड्यानी अल्भेस बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनलाई शुक्रबार स्पेनबाट पक्राउ गरिएको छ । ३९ वर्षीय अल्भेसमाथि स्पेनकी एक महिलाले बलात्कार गरेको आरोप लगाएकी छन् ।

समाचार एजेन्सी एपीका अनुसार घटना डिसेम्बर ३१ मा बार्सिलोनाको एक नाइट क्लबमा भएको थियो। अल्भेसलाई अब अदालत समक्ष पेश गरिनेछ । प्रहरीले घटनाबारे थप विवरण दिएको छैन ।

अल्भेस मेक्सिकन क्लब पुमासबाट व्यावसायिक फुटबल खेल्छन्। उनले बार्सिलोना, युभेन्टस र पेरिस सेन्ट जर्मेन जस्ता ठूला क्लबका लागि खेलिसकेका छन । आल्भेसको कप्तानीमा ब्राजिलले टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेको थियो।

यसैबीच अल्भेसले आरोपित महिलाको आरोप अस्वीकार गरेका छन्। उनले भने, 'हो म त्यो ठाउँमा थिएँ र अरुजस्तै रमाइलो गरिरहेको थिएँ, मलाई चिन्नेहरूले मलाई नाच्न मनपर्छ भन्ने थाहा छ। म अरूलाई कुनै बाधा नगरी नाचिरहेको थिएँ। मलाई थाहा छैन ती महिला को हुन् ?'

अल्भेस सफल फुटबल खेलाडीहरूमध्ये एक हुन्। उनले आफ्नो करियरमा बार्सिलोना, जुभेन्टस र पेरिस सेन्ट(जर्मेन लगायतका धेरै एलिट क्लबहरूलाई उपाधि जिताउन प्रमुख भुमिका खेलेका छन ।

उनले बार्सिलोनाका लागि डिफेन्डर लियोनल मेस्सीसँगै दाहिनेपट्टि खेलेका थिए। दुबैले सन् २००८ देखि २०१६ सम्म बार्सिलोनाका लागि धेरै उपाधि जिताएका थिए । अल्भेस बार्सिलोनाको सुनौलो वर्षको महत्वपूर्ण हिस्सा थिए। उनले क्याटलान क्लबबाट तीन पटक च्याम्पियन्स लिग जिताउका छन ।

अल्भेस गत वर्ष कतारमा भएको विश्वकप फुटबलमा ब्राजिल टोलीका सदस्य थिए । उनी विश्वकप खेल्ने सबैभन्दा पाको उमेरका ब्राजिलका खेलाडी पनि बनेका छन् । दानीले ब्राजिलका लागि खेलेका १२६ खेलमा ८ गोल गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.