भलिबल : धादिङ र चितवन उपाधिका लागि भिड्ने
काठमाडौंँ । धादिङ र चितवन दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष भलिबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
हुप्राचौर भइरहेको प्रतियोगितामा धादिङले काठमाडौंलाई २५–२०, २२–२५ र १५–१० तथा चितवनले सिन्धुलीलाई २५–१९ र २५–२१ को सेटमा पराजित गरे ।
महिलामा काठमाडौं र दोलखाले उपाधि भिडन्त पक्का गरे । काठमाडौंले चितवनलाई २५–८ र २५–११ तथा दोलखाले धादिङलाई २५–२०, १९–२५ र १५–१३ ले हराए । फाइनल बिहीबार बिहान ९ः०० बजे हुनेछ ।

टिप्पणी लेख्नुहोस्