भारतका नयाँ टेस्ट कप्तान बन्न सक्ने ३ खेलाडीहरु
काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा चोटका कारण बंगलादेशविरुद्ध टेस्ट सिरिजको पहिलो खेलबाट बाहिरिएका छन् । ३५ वर्षीय शर्माले अब लामो समयसम्म भारतको टेस्ट कप्तानी गर्न सम्भव नहुने देखिएको छ । यस्तो अवस्थामा बीसीसीआईले यी तीन युवा खेलाडी मध्ये एकलाई भारतको नयाँ टेस्ट कप्तान बनाउन सक्छ । किनभने भारतलाई लामो समयसम्म टेस्ट कप्तानको नेतृत्व गर्न सक्ने खेलाडीको आवश्यकता रहेको छ ।
ऋषभ पन्त
विकेटकिपर तथा ब्याट्सम्यान ऋषभ पन्त भारतको अर्को टेस्ट कप्तान बन्ने प्रबल दावेदार हुन् । २५ वर्षीय ऋषभ युवा छन् र लामो समयसम्म भारतको कप्तानी गर्न सक्छन् । उनी टी(२० र एकदिवसीय क्रिकेटमा फ्लप ब्याट्सम्यान रहे पनि टेस्ट क्रिकेटमा भारतलाई जिताउन सक्ने क्षमता भएका खेलाडी हुन्। टेस्ट क्रिकेटमा विकेटकिपर तथा ब्याट्सम्यानको रुपमा ऋषभको उत्कृष्ट प्रदर्शनलाई हेर्दा उनी भारतको अर्को टेस्ट कप्तान बन्न सक्छन ।
शुभमन गिल
भारतीय टोलीका युवा ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई भारतको अर्को टेष्ट कप्तान बनाउन सकिन्छ । २३ वर्षीय शुभमन आफ्नो निडर ब्याटिङका कारण परिचित छन् । रोहित शर्माको टेस्ट करियर अब धेरै बाँकी नरहेको अवस्थामा २३ वर्षीय शुभमन गिललाई ओपनिङसँगै भारतको टेस्ट कप्तानको जिम्मेवारी पनि दिन सकिन्छ । टेस्ट क्रिकेटमा शुभमनको भविष्य निकै उज्जवल छ । उनले लामो समयसम्म भारतको लागि ओपनिङ गर्न सक्छन् र कप्तानको भूमिका पनि निर्वाह गर्न सक्छन् ।
श्रेयस अय्यर
भारतीय टोलीका प्रतिभाशाली मिडल अर्डर ब्याट्सम्यान श्रेयस अय्यर पनि भारतको अर्को टेस्ट कप्तान बन्ने सबैभन्दा ठूलो दावेदार हुन्। २८ वर्षीय श्रेयसले भारतको टेस्ट टिममा आफ्नो स्थान पक्का गरिसकेका छन् । उनले भारतीय टोलीका लागि टेष्टमा ६ नम्बरमा ब्याटिङ गर्ने गर्छन् । र टेस्ट क्रिकेटमा उनको रेकर्ड पनि उत्कृष्ट छ। यदि श्रेयस अय्यरलाई भारतको अर्को टेस्ट कप्तान बनाइयो भने टोलीलाई धेरै फाइदा हुनेछ।

टिप्पणी लेख्नुहोस्