लेख विवरण

भारतद्वारा वेस्ट इन्डिज ६ विकेटले पराजित

भारतद्वारा वेस्ट इन्डिज ६ विकेटले पराजित

काठमाडौं । भारत र वेस्ट इन्डिजबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको ३ खेलको एकदिवसीय शृंखलाको पहिलो खेलमा भारत ६ विकेट विजयी भएको छ । टस जितेर पहिले बलिङ गर्ने रोहित शर्माको निर्णय सही सावित भयो र वेस्ट इन्डिजको टोली भारतीय बलरहरुको अगाडि टिक्न सकेनन । वेस्ट इन्डिजको टोली निर्धारित ५० ओभरको खेल पुरै खेल्न सकेन र १७६ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ५७ रनको इनिङ खेले । भारतका लागि युजभेन्द्र चहलले ४ र वासिङ्टन सुन्दरले ३ विकेट लिए । प्रसिद्ध कृष्णले २ र सिराजले १ विकेट लिए ।

लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतीय टोलीलले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि कप्तान रोहित शर्माले इशान किशनसँग ८४ रनको साझेदारी गरे । तर, रोहित आउट भएपछि भारतीय टोलीको मिडल अर्डर पूर्णरुपमा खस्कियो र एकपछि अर्को गर्दै विकेट गुमायो ।

रोहित शर्माले आउट हुनुअघि ६० रन बनाएका थिए । यसैबीच, टोलीका पूर्व कप्तान विराट कोहलीबाट फ्यानहरूले धेरै आशा गरेका थिए, तर उनी कमजोर साबित भए र मात्र ८ रन बनाएर आउट भए। भारतीय टोलीले ११६ रनमा ४ विकेट गुमाउदा एक क्षणको लागि उनीहरूको अवस्था बिग्रिएको थियो।

तर सूर्यकुमार यादवले डेब्यु खेलाडी दीपक हुड्डासँग मिलेर टोलीको लज्जास्पद इनिङ्सलाई सम्हाल्दै जित दिलाए । दीपक हुडा र सूर्यकुमार यादवले पाँचौं विकेटका लागि ५० रनको साझेदारी गरे । वेस्ट इन्डिजका लागि जोसेफले सर्वाधिक २ विकेट लिए । भारत र वेस्ट इन्डिजबीच ३ ओडिआई र ३ टी–२० म्याचको सिरिज चलिरहेको छ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.