लेख विवरण

भारतद्वारा श्रीलङ्का ४–० ले पराजित

भारतद्वारा श्रीलङ्का ४–० ले पराजित

काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपमा आयोजक तथा साबिक विजेता भारतले पहिलो जित दर्ता गरेको छ । प्रतियोगिताको दोस्रो खेल खेलिरहेको भारतले श्रीलङ्कालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले ४ गोल गरेको थियो । भारतका लागि पार्थिव गोगोईले २ तथा हिमांशु झान्ग्रार गुर्किरत सिंहले १–१ गोल गरे । खेल अवधिभर एकतर्फी दबाब बनाएको भारतले श्रीलंकाविरुद्ध आक्रमण गरेको थियो । काउन्टर अट्याकमा केही अवसर सिर्जना गरे पनि श्रीलङ्काले गोल गर्न सकेन ।

भारतले यस जितसँगै प्रतियोगितामा पहिलो अङ्क जोडेको छ । भारतको २ खेलमा ३ अङ्क छ । नेपाल र बङ्गलादेश २ खेलमा ६ अङ्कसाथ शीर्ष दुई स्थानमा छन् । गोल अन्तरमा नेपाल अघि छ ।

श्रीलङ्का यस हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । ३ खेलमा टोलीले कुनै अङ्क जोड्न सकेन । माल्दिभ्सले पनि २ खेलमा अङ्क जोडेको छैन ।

प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपालले अब ३१ जुलाईमा भारत र २ अगस्टमा बङ्गलादेशसँग खेल्नेछ । फाइनल ५ अगस्टमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.