भारतले एसिया कप तटस्थ मैदानमा खेल्ने
काठमाडौंँ । सन् २०२३ को एसिया कप पाकिस्तानमा आयोजना हुने भएको छ । तर भारतले एसियाकप पाकिस्तानले आयोजना गरेपनि आफुले खेलहरु तटस्थ मैदानमा खेल्ने जनाएको छ । तटस्थ मैदान अर्थात श्रीलंका, युएई, ओमान वा इङ्ल्यान्ड मध्ये एक ठाउमा खेल्न तयार रहेको भारतले जनाएको छ । ईएसपीएनक्रिकइन्फोका अनुसार यस बिषय बीसीसीआई र पीसीबी दुवै सहमतिको नजिक पुगेका छन । एसिया कप सेप्टेम्बरमा आयोजना हुने भएको छ ।
६ राष्ट्रबीच हुने एकदिवसीय एसिया कप प्रतियोगितामा छनोट खेलबाट आएका टोली सहित भारत र पाकिस्तान एउटै समूहमा छन् । एसिया कपको छनोट खेल अगामी महिना नेपालमा आयोजना हुने भएको छ । जाहा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया सहित कुल १० राष्ट्रले सहभागिता जनाएका छन । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
एसिया कप १३ दिनसम्म चल्नेछ, जाहाँ फाइनल सहित कुल १३ खेलहरु हुनेछन् । सन् २०२२ को एसिया कप जस्तै यसपटक पनि दुवै समूहका शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
गत हप्ता दुबईमा बसेको एसियाली क्रिकेट काउन्सिल (एसीसी)को बैठकले भारतले खेल्ने खेलहरु तटस्थ मैदान हुने निर्णय गरेको थियो । बैठकले प्रसारण अधिकार पाएको कम्पनीसँग पनि यो बिषयमा स्वीकृति लिइएको छ ।
बैठकमा पाकिस्तानले एसिया कपको आयोजना पूर्ण रूपमा खोसिएमा प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएको थियो । त्यसपछि दुई देशमा प्रतियोगिता आयोजना गर्ने निर्णय भएको थियो । अब भारतका खेलहरू पाकिस्तान बाहिर हुनेछन्।
एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने

टिप्पणी लेख्नुहोस्