भारतीय टोलीका यी ३ घातक खेलाडीहरुको करियर समाप्त हुदै
काठमाडौं । भारतीय क्रिकेट टोलीको लागि खेल्ने सबैको सपना हुन्छ । भारतले देश र विश्वलाई केही उत्कृष्ट खेलाडीहरु पनि दिएको छ । तर अहिले टोलीमा लगातार प्रतिस्पर्धा बढ्दै गएको छ, खासगरी युवा खेलाडीहरूले घरेलु क्रिकेट र आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, जसकारण आगामी दिनमा केही ठूला क्रिकेटरहरूको क्रिकेट करियर समाप्त हुनसक्छ।
हाल भारतीय क्रिकेट टोलीका ३ खेलाडीको एकदिवसीय करियर समाप्तीको संघारमा रहेको छ । किनभने उनीहरुको स्थानमा केही युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीमा आफ्नो स्थान पक्का गरेका छन् । यस्तो अवस्थामा अब फेरि उनीहरुले टोलीमा पुनरागमन गर्न निकै कठिन देखिएको छ ।
अजिंक्य रहाणे : अजिंक्य रहाणेलाई भारतीय क्रिकेट टोलीको ठूलो खेलाडी मानिन्छ। उनले भारतका लागि सबै फर्म्याटका क्रिकेट खेलिसकेका छन् । एकदिवसीय क्रिकेटमा रहाणेले सन २०११ मा भारतको लागि डेब्यू गरेका थिए । उनले अहिले सम्म भारतका लागि कुल ९० एकदिवसीय क्रिकेट खेलेका छन्। रहाणे सन् २०१८ देखि भारतको एकदिवसीय टोलीमा परेका छैनन् । अहिले उनलाई टेस्ट स्पेशलिस्ट रुपमा हेरिएको छ । भारतीय टोलीमा उनको स्थानमा मध्यक्रममा सूर्यकुमार यादव, श्रेयस अय्यर र इशान किशन जस्ता ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्दै आफ्नो स्थान पक्का गरेका छन्। रहाणेलाई एकदिवसीय क्रिकेटमा बेवास्ता गरिएको छ । यसकारण रहाणे अहिले एकदिवसीय क्रिकेटमा बिरलै खेलेको देखिन्छन ।
इशान्त शर्मा : टेस्ट क्रिकेटका नियमित बलर इशान्त शर्मा लामो समयदेखि एकदिवसीय क्रिकेटमा देखिएका छैनन् । इशान्तले सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय क्रिकेटमा भारतका लागि डेब्यू गरेका थिए । उनले अहिलेसम्म ८० एकदिवसीय क्रिकेट खेलेका छन् जसमा उनले ११५ विकेट लिन सफल भएका छन् । इशान्तले सन २०१६ यता भारतका लागि एकदिवसीय क्रिकेट खेलेका छैनन् । भारतीय टोलीमा अहिले नयाँ बलरहरुको प्लान्ट तयार भएको छ । उनको ठाउँमा दीपक चाहर, मोहम्मद सिराज र नवदीप सैनी जस्ता खेलाडीले खेल्न थालेका छन । इशान्तले एकदिवसीय क्रिकेटमा आफ्नो स्थान बनाउन सकिरहेका छैनन । जसका कारण अब यो छोटो ढाँचाको क्रिकेटमा आफ्नो स्थान बनाउनु उनको लागि निकै कठिन कार्य भएको छ ।
मनिष पाण्डे : ब्याट्सम्यान मनिष पाण्डेले सन २०१५ मा भारतका लागि एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए। उनले देशका लागि २८ एकदिवसीय खेलमा ५५५ रन बनाएका छन्, जसमा एक शतक पनि समावेश छ। उनले भारतीय टोलीमा आफ्नो स्थान बनाउन सकेका छैनन । उनको खराब ब्याटिङका कारण मध्यक्रममा थप दबाब परेको थियो । उनले एक वर्षअघि भारतका लागि अन्तिम एकदिवसीय खेलेका थिए।

टिप्पणी लेख्नुहोस्