लेख विवरण

भारतीय पुरुष टीमले जित्यो एफआईएच हक्कीको उपाधि

भारतीय पुरुष टीमले जित्यो एफआईएच हक्कीको उपाधि

नयॉं दिल्ली । भारतीय पुरुष हक्की टोलीले एफआईएच हक्की ५ औं संस्करणको उपाधि आफ्नो नाम गरेको छ । भारतीय टोलीले आइतवार यहॉं खेलिएको उपाधि स्पर्धामा पोल्याण्डलाई ६-४ ले पराजित गर्दै उपाधि आफ्नो नाम गरेको हो।

उपाधिको निम्ति खेलिएको स्पर्धामा बबी सिंह धामी र मोहम्मद राहीलले दुई-दुई तथा संजय र कप्तान गुरिन्दर सिंहले एक-एक गोल गरे । पोल्याण्डको तर्फबाट माटेउज नोवाकोव्स्की, रबर्ट पावलक, वोज्शिएक रुटकोव्स्की र कप्तान जेसेक कुरोवस्कीले समान एक-एक गोल गरे।

पहिलो हाफको शुरूवातमा पोल्याण्डले भारतमाथि दबाब बनाएको थियो । खेलको पहिलो पॉंच मिनटमा पोल्याण्डका माटेउज नोवाकोव्स्की, रबर्ट पावलक र वोज्शिएकले गोल गरेर टोलीलाई ३-० को अग्रता दिलाएका थिए।त्यसपछि भारतले पनि आफ्नो प्रदर्शनमा सुधार ल्याउॅंदै क्रमशस् आठौं र नौऔं मिनटमा संजय र कप्तान गुरिन्दर सिंहले लगातार गोल गरेर स्कोर २-३ को अन्तरमा ल्याए।

दोस्रो हाफको शुरूवात भारतीय टीमको निम्ति सकारात्मक रह्यो। बबी सिंह धामीले ११औं मिनटमा गोल गरेर स्कोर बराबर गरे। खेलको प्रमुख गोल राहीलले १३औं मिनटमा गरेका थिए। यसरी नै १७औं मिनटमा राहीलले पॉंचौं गोल गरे भने १८औं मिनटमा पोल्याण्डका कप्तान कुरोवस्कीले गोल गरेर स्कोर ५-४ को अन्तरमा ल्याए। तर, अन्तिम सीटी बज्नअघि बबीसिंह धामीले एक गोल गरेर स्कोर ६-४ पुऱ्याउॅंदै भारतको जित सुनिश्चित गरे।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.