लेख विवरण

भारतीय पूर्व बलिङ प्रशिक्षक भरत अरुण केकेआरमा आबद्ध

भारतीय पूर्व बलिङ प्रशिक्षक भरत अरुण केकेआरमा आबद्ध

एजेन्सी । भारतीय टोलीका पूर्व बलिङ प्रशिक्षक भरत अरुण इन्डियन प्रिमियर लिग टोली कोलकाता नाइट राइडर्स (केकेआर)सँग आबद्ध भएका छन् । टोलीले उनलाई आइपिएलको १५ औं सिजनका लागि बलिङ प्रशिक्षकको रुपमा भित्रयाएको हो ।

केकेआरले जारी गरेको वक्तव्यमा भनिएको छ, 'भरत अरुण हाम्रो टिममा सहभागी हुन पाउँदा हामी निकै उत्साहित छौं ।'

मध्यम गतिका बलर अरुणले सन् १९८६–८७ को बीचमा भारतका लागि दुई टेस्ट र चार ओडीआइ खेलेका थिए । उनीसँग लामो प्रशिक्षणको अनुभव पनि रहेको छ। उनले भारतीय टोलीमा दुई पटक बलिङ प्रशिक्षकको रुपमा काम गरेका छन । सन् २०१४ देखि २०१५ सम्म र त्यसपछि २०१७ देखि २०२१ को टी २० विश्वकप फाइनलसम्म उनी भारतीय टोलीमा आवद्ध रहेका थिए ।

भारतीय टोलीमा आवद्ध हुनुअघि उनी सन् २०१२ मा अन्डर–१९ विश्वकप जित्ने टोलीसँग थिए। उनी बंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडमिमा पनि टोलीसँगै रहेर काम गरेका छन। उनले घरेलु क्रिकेटमा तमिलनाडु र बंगालसँग पनि काम गरेका छन् ।

अरुणले भने, "कोलकाता नाइट राइडर्स जस्तो सफल टिमको अंङ हुन पाउँदा म निकै उत्साहित छु । म केकेआरको प्रशंसा गर्छु किनभने टोली एकदमै राम्रो छ र उनीहरु व्यावसायिक रूपमा काम गर्छन्। "

भरत अरुण आइपिएलमा सहभागी भएको यो पहिलो पटक भने होइन। यसअघि सन् २०१५ देखि २०१७ सम्म उनले रोयल च्यालेन्जर्स बैंगलोरमा पनि बलिङ प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.