भारोत्तोलनमा मोरङको वर्चस्व
इटहरी । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ मा छनौट प्रतियोगिता भइरहेको छ । बिहीबारदेखि मोरङको विराटनगरमा सुरु भएको भरोत्तोलनमा मोरङका ६ खेलाडीले स्वर्ण पदक जितेका छन् ।
प्रतियोगितामा ५९ किलो तौल समूहमा महिलातर्फ झापाकी सोनीदेवी दासले स्वर्ण जितेकी छिन् भने खोटाङकी बिजुली थापाले रजत प्राप्त गरेकी छिन् । यस्तै ६२ किलोतर्फ इलामकी सुस्मा राईले स्वर्ण र उदयपुरकी सन्ध्या राईले रजत प्राप्त गरेकी छिन् । यस्तै ८१ किलो तौल समूहमा मोरङकी सृष्टि भलले स्वर्ण जितेकी छिन् ।
यता पुरुषतर्फ झापाका अमिलाल राजवंशीले स्वर्ण पदक जितेका छन् भने मोरङकै अर्जुन राजवंशीले ९६ किलो तौल समूहमा स्वर्ण जितेका छन् । विजयी खेलाडीलाई प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव हंशराज वाग्लेले पदक तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

टिप्पणी लेख्नुहोस्