लेख विवरण

भेट्रान फुटबल : फ्रिडम ‘ए’ सेमिफाइनलमा

भेट्रान फुटबल : फ्रिडम ‘ए’ सेमिफाइनलमा

काठमाडौं । फ्रिडम ‘ए’ प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा फ्रिडम ‘ए’ ले रुपन्देहीलाई ९–१ को फराकिलो गोलले पराजित ग¥यो । ‘म्यान अफ द म्याच’ फ्रिडम ‘ए’ का विकर्ण श्रेष्ठले टोलीका लागि ६ गोल गरे । नरेन्द्र लामा, राजकुमार घिसिङ र गौतम लामाले १–१ गोल थपे ।

बौद्ध भेट्रान ‘ए’ र किङ कम स्पोर्ट्सले पनि सेमिफाइनलमा स्थान पक्का गर्यो । बौद्ध ‘ए’ ले जंगवीर युनाइटेडलाई १–० गोलले हरायो । ‘म्यान अफ द म्याच’ तीर्थ लामाले पेनाल्टीमा गोल गरे । किङ कमले बौद्ध ‘बी’ लाई टाइब्रेकरमा ५–४ गोलले पाखा लगायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । किङ कमका गोलरक्षक अमित प्रधान ‘म्यान अफ द म्याच’ चुनिए ।

यससगैं सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा किङ कमको भेट फ्रिडम ‘ए’ हुने छ भने बौद्ध ‘ए’ ले ढोलाहिटी विरुद्ध खेल्ने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.