लेख विवरण

भ्याली पब्लिक र एचएचसीए फाइनलमा

भ्याली पब्लिक र एचएचसीए फाइनलमा

काठमाडौं । भ्याली पब्लिक र एचएचसीए दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले आयोजक भद्रकालीलाई ३७–२७ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा मुस्कान गुरुङ र अनिता गुरुङले समान ११–११ अंक योगदान गरे । प्रतिमाम लामाको १४ अंक सहयोगमा एचएचसीएले ग्रिनल्यान्डलाई २२–१६ ले हरायो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ४९–३४ तथा गोल्डेनपिकले सेबलाई ४९–३५ ले पाखा लगाउदै फाइनलमा पुगे । भ्याली पब्लिकका छिरिङ लामाले २१ तथा गोल्डेनपिकका सुविन तामाङ १२ स्कोर गरे ।

जुनियर ब्वाइजमा गोल्डेनपिकले एन्जल्स हार्टलाई १६–१२ तथा स्किब्सले भ्याली पब्लिकलाई २५–२३ ले पन्छ्याउदै फाइनलमा पुगे । गोल्डेनपिकका अमन गुरुङ तथा स्किब्सकाक अनुज लिम्बूले समान ७–७ अंक जोडे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.