लेख विवरण

भ्याली पब्लिक र जेभियर फाइनलमा

भ्याली पब्लिक र जेभियर फाइनलमा

काठमाडौं । आयोजक भ्याली पब्लिक र जेभियर इन्टरनेसनल कलेज प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

कपनको भंगालस्थित घरेलु कोर्टमा आईतवार भएको रोमाञ्चक सेमिफाइनलमा भ्याली पब्लिकले साइपाललाई ४९–४६ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा साजन गुरुङ र सक्रिय अधिकारीले समान १५–१५ अंक योगदान गरे ।

खेल सकिन ५६ सेकेन्ड बाँकी छँदासम्म दुवै टोली ४५–४५ को बराबरी स्थितिमा थिए । भ्याली पब्लिकले पहिलो क्वाटरमा ६–५ को अग्रता लियो । दोश्रोमा साइपालले ११–१० को अग्रता बनाउदै खेललाई १६–१६ को बराबरी स्थितिमा पु¥यायो । तेश्रोमा भ्याली पब्लिकले १९–१३ को प्रदर्शन गर्यो । चौथोमा साइपाल १७–१४ ले अगाडि रहे पनि जित हात पार्न सकेन ।

अर्को सेमिफाइनलमा आभाष गुरुङको १५ अंक सहयोगमा जेभियरले ट्रिनिटीलाई ५२–३४ ले हरायो । चार क्वाटर मध्ये जेभियरले तीन क्वाटरको नतिजा आफ्नो पक्षमा पा¥यो । जेभियरले क्रमशः १२–७, ११–१२, १८–८ र ११–७ स्कोर ग¥यो । प्रतियोगिताको फाइनल सोमबार हुने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.