लेख विवरण

मण्डेकाजी प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बेडरमा नियुक्त

मण्डेकाजी प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बेडरमा नियुक्त

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको दोहोरो स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठलाई तिलगंगास्थित प्यारागन पब्लिक स्कुलले दुई वर्षका लागि ब्रान्ड एम्बेडरमा नियुक्त गरेको छ ।

नियुक्तिसँगै मण्डेकाजीले विद्यालयबाट मासिक रूपमा तलब पाउने भएका छन । साथै उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा विद्यालयले सहयोग गर्नेसमेत सहमति भएको छ । सहमतिपत्रमा हस्ताक्षर गर्दै विद्यालयकी प्रधानाध्यापक बिना बानु तथा प्रबन्ध निर्देशक शाकीर उद्दिनले मण्डेकाजीलाई विद्यालयको ब्रान्ड एम्बेसडरमा नियुक्त गरी विद्यालयमा आबद्ध गराउन पाएकामा आफूहरूलाई अत्यन्तै खुसी लागेको बताए ।

मण्डेकाजीले पनि ब्रान्ड एम्बेसडर बनेर विद्यालयलाई सहयोग गर्न पाएकामा आफूलाई पनि धेरै नै खुसीको महसुस भएको बताए । उनले भने, ‘प्यारागन पब्लिक स्कुलले मलाई विद्यालयको खेलकुदको विकास गर्ने कार्यका साथै शैक्षिक गतिविधिमा समेत संलग्न गराई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेकामा म विद्यालयप्रति हाद्धिक कृतज्ञता व्यक्त गर्दछु ।’

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.