लेख विवरण

मदन भण्डारी स्मृति रोड रेस बैशाखमा

मदन भण्डारी स्मृति रोड रेस बैशाखमा

काठमाडौं । रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेस प्रतियोगिता बैशाख १० गते हुने भएको छ ।

प्रतियोगितामा पुरुष/महिला खुला र छात्र/छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । प्रतियोगितामा करिब ७ सय खेलाडीको सहभागिता रहने छ ।

खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । छात्र/छात्रामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार पाउने छन् । दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर टुंगिने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.